नियम ६२
छोटी भन्सार कार्यालयबाट निकासी वा पैठारी गर्न सकिने
(१) छोटी भन्सार कार्यालयबाट देहाय बमोजिमका: मालवस्तु निकासी तथा पैठारी गर्न सकिनेछ:
(क) निकासीतर्फ अप्रशोधित कृषि उत्पादन तथा नेपालका स्थानीय प्राकृतिक उत्पादन,
(ख) पैठारीतर्फ अनुसूची-१२ मा उल्लिखित छोटी भन्सार कार्यालयबाट जतिसुकै मूल्यका मालवस्तु,
(ग) पैवारीतर्फ अनुसूची-१३ मा उल्लिखित छोटी भन्सार कार्यालयबाट पच्चीस हजार रुपैयाँसम्मका मालवस्तु,
(घ) पैवारीतर्फ खण्ड (ख) र (ग) मां उल्लिखित छोटी भन्सार कार्यालय बाहेकका अन्य छोटी भन्सार कार्यालयबाट दश हजार रुपैयाँसम्मका मालवस्तु
(१क) उपनियम -(१) मा जुनसुकै कुरा लेखिएको भए तापनि छोटी भन्सार कार्यालयबाट महानिर्देशकको स्वीकृति लिई पैठारी गर्ने बाहेक कुनै पनि प्रकारका यन्त्रचालित सवारी साधनको स्थायी वा अस्थायी रूपमा पैठारी गर्न पाइने छैन ।
(२) यस नियम बमोजिम मालवस्तु निकासी वा पैठारी गर्दा सीमावर्ती विदेशी मुलुक बाहेक अन्य विदेशी मुलुकमा निकासी गर्न वा सीमावर्ती विदेशी मुलुकबाहेक अन्य विदेशी मुलुकबाट पैठारी गर्न सकिने छैन ।
(३) छोटी भन्सार कार्यालयबाट हुने निकासी वा पैठारीलाई व्यवस्थित गर्न महानिर्देशकले कार्यविधि वनाई लागू गर्न सक्नेछ ।